साझेदारी दैनिक निरन्तर ७ बर्षदेखी ‘क’ बर्गमा

साझेदारी दैनिक
465 पाठक संख्या

बाराबाट निरन्तर प्रकाशित साझेदारी राष्ट्रिय दैनिक पत्रिका ‘क’ बर्गमा परेको छ ।

प्रेस काउन्सिल नेपालले हरेक बर्ष गर्ने बर्गिकरण अन्तरगत हालै प्रकाशन गरेको नया बर्गिकरणमा पनि साझेदारी राष्ट्रिय दैनिक फेरी पनि ‘क’ बर्गमा पर्न सफल भएको हो ।

काउन्सिलले आर्थिक वर्ष २०७८/७९ का लागि गरेको बर्गिकरणमा साझेदारी राष्ट्रिय दैनिक ‘क’ बर्गमा परेको छ । यो संगै निरन्तर ७ बर्षदेखी साझेदारी राष्ट्रिय दैनिक ‘क’ बर्गमा पर्दै आएको प्रकाशक श्यामबावु प्रसाद यादवले बताए ।

झण्डै एक दशकभन्दा लामो समयदेखी निरन्तर रुपमा प्रकाशन साझेदारी दैनिक प्रेस काउन्सिलको बर्गिकरणमा निरन्तर ‘क‘ बर्गमा पर्नु हाम्रा लागि गर्वको कुरा हो, प्रकाशन यादवले बताए ।

सवैको मेहनतले गर्दा पत्रिकाको यो उचाईसम्म पुगेको भन्दै प्रकाशक÷सम्पादक श्यामबावु प्रसाद यादवले पत्रकार,कर्मचारी,ग्राहक,पाठक,बिज्ञापनदाता,लेखक र शुभेच्छुकहरु सबै प्रति आभार व्यक्त गरेका छन ।

Leave a review

This will close in 0 seconds