बाराको सिमरामा सूचनाको हकमा युवा,महिला र सिमान्तकृत समुदायको दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका– २ मा रहेको एअरपोर्ट नजिक क्लासिक होटलको सभा हलमा सामुदायिक सारथीको आयोजना र द एसिया फाउन्डेसनको सहयोगमा सूचनाको हकमा युवा,महिला र सिमान्तकृत समुदायको दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको हो ।
साउन २२ र २३ गते भएको तालिमा बाराका सवै पालिकाहरुबाट युवा,महिला,तथा सिमान्तकृत समुदायका २५ जनाको सहभागिता रहेको थियो ।
तालिममा सामुदायिक सारथीका ताराबहादुर भण्डारी,डाक्टर श्रीराम पौडेल,अनिता गुरुगं र कर्ण नेपालीले प्रशिक्षण दिनुभएको थियो ।
तलिममा स्वागत मन्तब्य,परिचय तथा संचालन स्थानीय संयोजन सुचनाको हकका अभियन्ता सन्तोष पाण्डेले गर्नुभएको थियो ।
साथै तालिममा सहभागिहरुले तालिम पश्चात कम्तिमा पनि एक एक वटा सूचना माग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

