बाराको कोल्हवीमा जिल्ला लिग फुटबल प्रतियोगिता हुने

साझेदारी दैनिक
315 पाठक संख्या

बाराको कोल्हवीमा ए डिभिजन जिल्ला लिग फुटबल प्रतियोगिता २०८१ जेष्ठ १९ गते शनिबार देखि हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा मान्यता प्राप्त बारा जिल्ला फुटबल संघको आयोजना तथा स्थानीय क्लब जनशक्ति क्लब कोल्हबीको सहआयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

उक्त्त प्रतियोगिता एन्फामा आवद्ध बारा जिल्ला भरिका क्लबहरु जन शक्ति क्लब कोल्हबी,नव जन जागृती क्लब निजगढ,त्रिशुल युवा क्लब बकुलिया,नव जन प्रगती युवा क्लब सिमरा,सन राइजिङ युवा क्लब उमजन,कलैया फुटबल क्लब कलैया,निजगढ युवा क्लब निजगढ,श्री नव जनप्रगती युवा क्लब करैयामाई,समाज बिकाश युवा क्लब बोडहा,सिद्ध बाबा युवा क्लब अमलेखगञ्ज,नव जनजागृती युवा क्लब सिमरा मौवा देवि युवा क्लब बडहर्वाको सहभागिता रहने छन ।

कोल्हबी नगरपालिका वाड न १ मठवाको खेल मैदानमा दिउँसो ३ बजे देखि शुरु हुने आयोजकले लिने भएको छ ।

खेलको उदघाटन कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा हुने स्थानीय जन शक्ति क्लब कोल्हबीका अध्यक्ष खुशी चौधरीले जानकारी दिएका छन ।

Leave a review