बारा प्रहरीले अवैध कपडा बरामद गरेको छ ।
प्रहरी चौकी पथलैया र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर,धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोकमा सो कपडा बरामद गरेको हो ।
बिराटनगरबाट काठमाण्डौँ तर्फ जादै गरेको प्र.१–०५–००१ ख १०३ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा प्रहरीले अवैध कपडा बरामद गरेको हो ।
यात्रुबाहक बसमा बिल भरपाई भन्दा बढी सामानको स्रोत खुलाउन नसकेको लेडिज पलाजो ५ बोरा अन्दाजी एक लाख ३५ हजार रूपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उक्त अवैध कपडालाई नियन्त्रणमा लिई आवश्यक करवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारामा पठाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।


