तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

रासस
351 पाठक संख्या

चितवन,३० भदौः खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको छ ।

ना ६ ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो ।

ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उहाँले बताउनुभयो ।

Leave a review

This will close in 0 seconds