विभेद हुनेगरी लिङ्ग पहिचान गरी गर्भपतन विरुद्ध प्रचारप्रसार तथा जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
412 पाठक संख्या

कलैया । भ्रुणको लिङ्ग पहिचानका आधारमा गर्भपतन नगर्न आग्रह गर्दै आइतबार बाराको कलैयामा जनचेतना अभिवृद्धी कार्यक्रम सम्पन्न भएको छ।

छोरी पहिचान गरी गर्भपतन गर्ने कुरा बढदै गएकोले सामाजिक समस्या खडा भएको भनि कलैयास्थित करणराज पार्टी प्यालेसको सभाहलमा सो कार्यक्रम भएको हो।

महिला र बालिका प्रति हुने लैङ्गिक विभेदको अन्त्य गर्दै समानता प्रवद्र्धन गर्ने उद्देश्यले सो अभिवृद्धि कार्यक्रम स्वास्थ्य कार्यालय बाराको आयोजनामा भएको हो।

अभियान अन्तर्गत कार्यालयले विद्यालय,स्वास्थ्य संस्था,समुदाय र स्थानीय तहहरूमा लिङ्ग पहिचानका कारण गरिने गर्भपतनको नकारात्मक असरबारे जानकारी दिईएको छ। भ्रुणको लिङ्ग पहिचान गर्नेलाई कानुनी दण्डको प्रावधान रहेको छ ।

लैङ्गिक समानताको महत्व र गर्भपतनले आमाको स्वास्थ्यमा पर्ने असरहरूबारे सो कार्यक्रममा जानकारी दिइएको हो। महिला र पुरुष दुवैलाई समान अधिकार र सम्मान मिल्नुपर्छ भन्ने सन्देश दिन आफुहरु कटिबद्ध रहेको स्वास्थ कार्यालय बाराका प्रमुख रामनरेश यादवले जनाए।

गर्भमा लिङ्ग पहिचान गरी छोरीको गर्भपतन गराउने घटनाहरू बढ्दै गएको छ। यसप्रति कडा निगरानी र सशक्त कानुनी कार्यान्वयनको आवश्यकता रहेको कार्यक्रममा सहभागिहरुले जनाए।

स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुख,निजि अस्पताल क्लिनिकका सन्चालक प्रतिनिधि,सञ्चारकर्मी लगायतकाको सहभागिता रहेको थियो।

जनस्वास्थ्य अधिकृत भागिरथ चौधरीले सो कार्यक्रमको सञ्चालन गरेका थिए। रबिकुमार भास्करले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Leave a review