वीरगञ्ज : वीरगञ्जका होटेलहरुमा बेश्यावृति भइ रहेको खुलेको छ। प्रलोभनमा पारी महिलाहरुलाइ ल्याएर वेश्याबृती भइरहेको यहाँ खुलेको हो।
वीरगञ्ज महानगरपालिका–१६ भन्सारस्थित होटेलमा देह ब्यापार भइरहेको पाइएको छ। भन्सार नजिकै रहेका होटेलहरुमा जाँच गर्ने क्रममा त्यहा रहेको दुई होटेलमा देह ब्यापार भइरहेको भेटिएको छ।
होटेलबाट दुई जना महिला सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटेलमा देह ब्यापारमा लगाएको आरोपमा एक भारतीयसहित चार जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरूमा भारत विहार छपरा जिल्ला बस्ने ३५ बर्षका मनेजर राय,महोत्तरी भंगहा नगरपालिका–२ टिकुलिया बस्ने ३२ बर्षकी सुक्राति चौधरी,ओखलढुंगा देयाले गाउँपालिका–५ बस्ने ३३ बर्षका दिपेश राई र बारा जितपुर सिमरा उपमहानगरपालिका–१४ बस्ने ३८ बर्षकी मिरा कुमारी महतो रहेका छन् ।
वीरगञ्ज महानगरपालिका–१६ भन्सार नजिकै रहेको होटलमा ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा संलग्न गराइरहेको अवस्थामा होटल स्वस्तिका र होटल रितेशबाट दुइजना महिलासहित चार जनालाई पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक सुबास भट्टले साझेदारी दैनिकलाई जानकारी दिए ।
पक्राउ परेका चारैजना विरुद्ध मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा अदालतबाट सात दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए।


