जालसाजी र सार्वजनिक मुद्दामा फरार रहेका पाँच जना प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
336 पाठक संख्या

कलैया : बारा प्रहरीले जालसाजी र सार्वजनिक मुद्दामा पाँच जना फरार रहेका प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी कारवाहीको सिलसिलामा बुधबार अस्थाई प्रहरी पोष्ट बसपार्क बाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादीहरुलाई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

प्रहरीले जालसाजी मुद्दामा अदालतबाट दुई सय रुपैयाँ जरिवाना पाएका बाराको कलैया उपमहानगरपालिका –१ मा बस्ने अन्दाजी ६७ वर्षीय मन्जु रहमान र सोहि ठाउँमा बस्ने अन्दाजी ५७ वर्षकी मासुमा भन्ने मनोरमालाई पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीले जालसाजी मुद्दामा अदालतबाट दश रुपैया जरिवाना पाएका कलैया उपमहानगरपालिका वार्ड नम्बर ११ घोघलरीयामा बस्ने ७३ वर्षकि शिवरानी भन्ने शिउतरनिया थरूनी र अदालतबाट एक सय रुपैयाँ जरिवाना पाएका वार्ड नम्बर ७ बैरियामा बस्ने अन्दाजी ५३ वर्षीय सरद कुमार उपाध्यायलाई पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरीले सार्वजानिक मुद्दामा अदालतबाट पाँच सय रुपैया जरिवाना पाएका कलैया उपमहानगरपालिका –१ मा बस्ने अन्दाजी ७७ वर्षीय सुकुट माझी मुसहरलाई पक्राउ गरि जिल्ला अदालत बारा कलैयामा दाखेल गरेको छ ।

बाराका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दौ यस बारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds