आजदेखी हेटौंडामा ‘२१ औं विश्वशान्ति मैत्री बोधि मार्ग दर्शन’कार्यक्रम हुदै

साझेदारी डेलि
212 पाठक संख्या

हेटौंडा । बोधि श्रवण धर्म संघ बारा, नेपाल मैत्री आध्यात्मिक संस्थाको संयुक्त आयोजनामा हेटौंडामा ‘२१ औं विश्वशान्ति महा मैत्री बोधि मार्ग दर्शन/मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम–२०८२’ आयोजना हुने भएको छ।

हेटौंडा उपमहानगरपालिका–४ स्थित लोकतान्त्रिक (हुप्रा) चौरमा चैत २६ देखि ३० गतेसम्म सञ्चालन हुने कार्यक्रम दैनिक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चल्ने आयोजकले जनाएको छ।

परम पूजनीय मैत्रीनाथज्यूको सत् संकल्पमा आयोजना हुन लागेको कार्यक्रमको मुख्य उद्देश्य विश्वशान्ति स्थापना, आध्यात्मिक जागरण र मानवमा मैत्रीभावको विकास गर्नु रहेको छ। मैत्री धर्मका ११ शीलमा आधारित यस अनुष्ठानमा आध्यात्मिक प्रवचन, ध्यान तथा साधनासम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिनेछन्।

आयोजकले सबै धर्म, जाति, लिङ्ग र समुदायका व्यक्तिहरूलाई भेदभावरहित रूपमा कार्यक्रममा सहभागी भई आध्यात्मिक लाभ लिन आग्रह गरेको छ।

Leave a review

This will close in 0 seconds