उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, किटजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र हेटौँडा, भेरी अस्पताल नेपालगञ्जको प्रयोगशाला, प्रादेशिक अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ७२ जनामा सङ्क्रमण देखिएको हो ।
उहाँका अनुसार धनुषा नगराइकन नगरपालिका वडा नं ३ का ३०, ३१ र ४५ वर्षीय पुरुष, कपिलवस्तु शिवराज नगरपालिका वडा नं ४, ५ र ६ क १९, २० र २३ वर्षीय पुरुष रहेका छन् । यसैगरी काठमाडाँै टोखा नगरपालिका वडा नं ३ र ६ तथा र बूढानीलकण्ठ नगरपालिका वडा नंं ३ का २७, ४१ र ३७ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान २५ र अदर्श कोतवाल गाउँपालिकाका ३२ वर्षीय पुरुष तथा महागढीमाई नगरपालिका १८, १८, १८, १८, १९, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४० र ५० वर्षका पुरुष रहेका छन् ।
उहाँका अनुसार सङ्क्रमितमा रौतहट राजपुर फरहदवा वडा नं. २, ६ र ८ तथा इशानाथ वडा नं २ का १८, १९, २२, २७, ३०, ३१, ३३, ३५,३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१ र ५३ पुरुष रहेका छन् ।
सप्तरी डाक्नेधरी गाउँपालिकाका २२ र ३४ वर्षीय पुरुष, बर्दिया बाँसगढी वडा नं ९ का २५ वर्षीय पुरुष, बाँके डुडुवा गाउँपालिका– २ र राप्तीसोनारी गाउँपालिका– ७ का १६, २३, २३ र २४ वर्षका पुरुष रहेका छन् । दैलेख नारायण नगरपालिका ढुङ्गेधरका २५ वर्षीया महिला र गुराँस गाउँपालिकाका २४ र २५ वर्षीय पुरुष रहेका छन् । रासस








