अविरल बर्षाले बारा जिल्लामा क्षति

संदिप प्रसाद यादव
273 पाठक संख्या

कलैया : लगातार दुई दिनदेखि आएको अविरल बर्षाले बारा जिल्लामा क्षति पु-याएको छ ।

बर्षाका कारण जिल्लाका धेरै स्थानहरुका बस्तीमा पानी परेर क्षति गरेको हो।

जिल्लाका तीन ठुला नदी बालगंगा,दुधौरा र पसाहा नदीमा आएको बाढीले सवैभन्दा बढि क्षति गरेको छ । यी नदीहरुले खेतीयोग्य जमिन कटान गर्दा हजारौ विगाहा धानबाली नष्ट गरेको छ ।

बालगंगा नदीको बाढी गाउँ वस्तीमा पस्दा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ मा क्षति पुगेको स्थानीयहरुले गुनासो गरेका छन ।

यता लगातारको बर्षाले बारामा शनिवार साँझसम्म कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले यस्तो जानकारी दिएका छन् ।

उनका अनुसार केही स्थानहरु र केही घर मात्र डुबानमा परेको प्रवक्ता सापकोटाले जनाए ।

केही स्थानहरुमा नदीले धानबाली कटान कटानका कारण धानबालीहरुमा क्षति भएको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds