बाराको सिमरामा सामुदायिक अगुवाहरुसँग सुरक्षित आप्रवास (सामि) परियोजनाले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
स्वदेशमा नै रोजगारी गरौं,वैदेशिक रोजगारीमा जाने भए सही सूचना लिएर र सीप सिकेर मात्रै जान संस्थाको मुल सन्देशको साथ सो अन्र्तक्रिाय गरिएको हो ।
आप्रवासन असर तथा प्रभाव साथै आप्रवासी कामदारहरुलाइ सामाजिक वहिस्करण प्रभाव न्युनिकरणका क्षेत्रमा उक्त संस्थाले काम गरिरहेको छ । संस्थाले बाराको जीतपुरसिमरा उपमहानगरपालिका,सिम्रौनगढ नगरपालिका र बारागढी गाउँपालिकामा काम गरिरहेको सामि परियोजनाका जिल्ला प्रमुख सरोज सिँहले जानकारी दिए ।
चालु आर्थिक वर्षमा बारा जिल्लामा सामिले गरेको जेठ मसान्तसम्मको गरेको कार्यको उनले प्रस्तुति दिएका थिए । सुरक्षित आप्रवासन (सामी) नेपाल सरकार र स्विस सरकारवीच सञ्चालित परियोजना हो ।
यो परियोजनाले श्रम,रोजगार,सीप,सामाजिक सुरक्षा जस्ता क्षेत्रमा काम गरिरहेको छ । वैदेशिक रोजगारमा गएका घरमा रहेका श्रीमति माथीको सामाजिक बहिस्करण,उनीहरु प्रति हेर्ने दृष्टिमा परिवर्तन ल्याउनुपर्ने कुरामा सो कार्यक्रममा जोड दिइएको छ ।
वैदेशिक रोजगारिले गरिबी न्युनिकरण,रिमिट्यान्स लगाएतका क्षेत्रमा भार समेत थामेको जनाए छ । समाजका अगुवाहरुको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाज,बृद्धिजिवीहरु,पत्रकार लगायतको सहभागिता रहेको थियो ।
वैदेशिक रोजगारीका क्षेत्रमा पुगेका व्यक्ति, घर परिवारलाई मनोपरामर्श र विद्यमान यो परिस्थितिलाइ न्युनिकरणका लागि संस्थाको भुूमिका महत्त्वपूर्ण रहेको कुरा जनाइएको छ । वैदेशिक रोजगारीबाट सृजित समस्या ऋण,ठगि,जेल शोषण,अलपत्र,अंगभंग,पारिवारिक वेमेल,छोडपत्र,विखण्डन,सामाजिक लान्छना,मानिस तनाव,बालबच्चा र वृद्धहरुको हेरचाहमा समस्या समाज हाल यस्तै समस्या देखिने गरेको सामि परियोजनाले जनाएको छ ।


