वीरगञ्ज : वीरगञ्जमा खुलेको ईलेक्टिूक कार शो रुमको उद्घाटन भएको छ। एक कार्यक्रम वीच सोमबार वीरगञ्ज महानगरका उपमेयर ईम्तियाज आलमले सो शो रुमका उद्घाटन गरेका हुन्।
महानगरको वडा नम्बर १२ मुर्लीमा सो शो रुम खुलेको हो। ईलेक्टिूक कार शोरुमको उपमेयर आलमले रिबन काटेर बिधिवत रुपमा उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर आलमले अहिलेको समयमा आवश्यक रहेको ईलेक्टिूक कारको शोरुमले बाहिरबाट कार खरिद गर्ने बाध्यताको अन्त्य गर्ने बताएका छन्।
उनले वातावरणको लागि राम्रो भएको जनाए। ईलेक्टिूक कारको प्रयोगले आम जनता र ब्यापारी दुबैलाई फाईदा गर्ने उनले बताए।
शोरुममा अहिले १५ र १० सिट भएको फोटोन दुईवटा मोडलको कार उपलव्ध रहेको छ। दशैंको बेला भएकोले शोरुम खुल्नु भन्दा अघि नै कारको बुकिंग समेत भएको शोरुमले जानकारी दिएको छ ।
१५ सिट भएको कार एकपटक चार्ज गरेपछि दुई सय ३५ किलोमिटरसम्म चलाउन सकिन्छ। कारमा तीन लाख किलोमिटर र पाँच बर्षको वारेन्टी हुनुका साथै वीस प्रतिशत डाउन पेमेन्टमा फाईनान्सको पनि सुबिधा शोरुमले उपलव्ध गराएको छ ।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री सुरेन्द्र चौधरी,नेपाल मुक्ति क्रान्ति पार्टीका केन्द्रिय सदस्य नेजामुदिन समानी,उद्योगी ब्यापारी,सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो।
पछिल्लो समय वीरगञ्जमा पनि धमाधम रुपमा ईलेक्टिूक कारको शोरुम खुल्न थालेको छ। पेटूोलियम पदार्थको प्रयोगबाट चल्ने कारको तुलनामा ईलेक्टिूक कार सस्तो पर्ने र वातावरण अनुकूल भएकाले ग्राहकहरुको रोजाईमा पर्ने गरेको छ।

