बाराको बिश्रामपुर गाउँपालिकाले वर्षको लागि गाउँपालिकाले १५ औ गाउ सभा मार्फत अगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट ल्याएको हो ।
गाउँपालिका कार्यालयमा आयोजित गाउँ सभाले कुल ३१ करोड ९९ लाखको बजेट ल्याएको हो ।
अगामी आवको बजेट वडा नम्बर २ का वडाध्यक्ष मनोज यादवले सार्बजनिक गरेका हुन् ।
गाउँपालिका अध्यक्ष जुल्फिकार अलि भुट्टोको अध्यक्षतामा सम्पन्न भएको गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष प्रियन्का देवी साह,वडाध्यक्ष संतोष पटेल,शिवचन्द्र यादव,मनोज यादव,किशोरी साह तुराहा,अमिरीलाल गुप्ता,कार्यपालिका सदस्य हरुको सहभागिता रहेको थियोे ।
सभाको सहजीकरण गाउँपालिकाका नायब सुब्बा देव कुमार मण्डलले गरेका थिए ।


