बारामा मनाईयो ६९ औं प्रहरी दिवस

संदिप प्रसाद यादव
508 पाठक संख्या

कलैया : जिल्ला प्रहरी कार्यालय बाराले ६९ औं प्रहरी दिवस भव्यताका साथ बुधबार मनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा आयोजित कार्यक्रममा अमर प्रहरीहरुलाई श्रद्धाञ्जलि दिनुका साथै उनका परिवारका सदस्यहरूलाई सम्मान गरी प्रहरी दिवस मनाइएको हो ।

कार्यक्रमका सभापति एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले प्रहरी महानिरीक्षकको शुभकामना सन्देश वाचन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले नेपाल प्रहरीमा सेवाग्राहीलाई दिइने सेवालाई लिएर असन्तुष्टि रहेपनि अपराध नियन्त्रणमा बारा प्रहरीले गरेको योगदानको प्रशंसा गरे। उनले पेशा र पोशाक प्रति गौरव गर्न सबै प्रहरीलाई सुझाव दिएका थिए ।

प्रहरी दिवसको अवसरमा प्रहरी कार्यालयमा संचालन गरिएको विभिन्न खेलकुदहरुमा प्रथम र दोस्रो हुने प्रहरी कर्मचारी,विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने जिल्लाका मातहतका आठ जना कर्मचारीहरुलाई प्रशंसापत्र तथा नगद पुरस्कार वितरण गरिएको थियो ।

यस्तै अपराधको रोकथाम र नियन्त्रण गर्न तथा समाजमा शान्ति सुरक्षा कायम गर्न पत्रकारिताको माध्यमबाट सहयोग पु¥याए वापत साझेदारी दैनिकका सक्रिय संवाददाता संदिप प्रसाद यादव सहित साजिर मंसुर,अजय साहलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह,सशस्त्र प्रहरी बल नम्बर १२ गण हेडक्वाटर बाराका प्रमुख सन्तोषबहादुर सिंह,राष्ट्रिय अनुसन्धान उप– निर्देशक बाराका प्रमुख दिपक खड्का,ज्वाला दल गण बाराका सेनानी गंगाधर ढकाल,प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट सुनिल कुशवाहा,स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेशप्रसाद यादव,गोपाल सेवा समिति बाराका अध्यक्ष एवम् समाजसेवी जंगबहादुर यादव,नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास,अमर प्रहरीका परिवार,अवकास प्राप्त प्रहरीहरु,संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा स्वागत मन्तव्य प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले गरेका थिए। भने कार्यक्रमको सञ्चालन प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीले गरेका थिए।

Leave a review