बारा निर्माण व्यवसायी संघको साधारणसभा तथा बन्द सत्र सम्पन्न

संदिप प्रसाद यादव
454 पाठक संख्या

कलैया : कलैयामा बारा निर्माण व्यवसायी संघको साधारणसभा तथा बन्द सत्र सम्पन्न भएको छ।

बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर ४ मा रहेको बारा निर्माण व्यवसायी संघको सभाहलमा शुक्रबार एक कार्यक्रम बिच साधारणसभा तथा बन्द सत्र सम्पन्न भएको हो ।

सो सभाले ३ वर्ष देखि संघ बन्द रहेको अवस्थामा तथा संघको सम्पुर्ण सामाग्रीहरु चोरी भएकोले जिल्ला कार्य समितिलाई बहुमतले विघटन गरेको छ ।

त्यस्तै संघको निर्वाचन २०८१ मंसिर ३० गते हुने घोषित र निर्वाचन समितिको संयोजक चयन गरिएको सतेन्द्र प्रसाद सिंहले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा निर्माण व्यवसायी महासंघ मधेस प्रदेशका कोषाध्यक्ष विनोद प्रसाद जयसवाल,भुपेन्द्र नेपाली,बिशेश्वर यादव,बैधनाथ साह कलवार,भोला प्रसाद यादव र नवराज यादव लगायत ८० जनाको उपस्थिति रहेको थियोे।

Leave a review