बाराका सहायक प्रजिअ सेढाइ विरुद्ध विशेष अदालतमा मुद्धा दायर

साझेदारी दैनिक
751 पाठक संख्या

बारा सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।

सेढाईले बाराकै जीतपुरसिमरा उपमहानगरपालिकाकाको तत्कालीन प्रशासकीय अधिकृतमा रहदा एक करोड ६६ लाख रुपैयाँको भ्रष्टाचार गरेका आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रहदा सेढाईंले न्यू पाथिभरा सप्लायर्स, हेटौडासँगको सम्झौताका शर्त पूरा नहुँदासमेत उपमहानगरपालिकाका कर्मचारीको संलग्नतामा बालगङ्गा खोलाको गिट्टी, बालुवा उत्खनन एवं बिक्री वितरण गर्न दिएको आरोपमा भ्रष्टचार गरेको आरोप छ ।

यसैगरी अख्तियारले सोही मुद्धामा मकवानपुर हेटौडा उपमहानगरपालिका ४ का न्यू पाथिभरा सप्लायर्सका प्रोपाइटर मिराकुमारी श्रेष्ठलाई एक करोड ६६ लाख विगो र बाराको कलैया उपमहानगरपालिका ६ को ओमसप्लायर्सका प्रोप्राइटर ओम शंकर प्रसादलार्ई एक करोड ३८ लाख ९९ हजार राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।

Leave a review

This will close in 0 seconds