कलैया : कुखुरा फर्म नजिक पानी खान जाने क्रममा पोखरीको वरिपरी रहेको नाङ्गो विद्युत तारबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर २३ भतौडा स्थित बस्ने अन्दाजी ५५ वर्षीय रघुनाथ साह कानु रहेको प्रहरीले जनाएको छ ।
उनको घटनास्थलमा मृत्यू भएको थियोे ।
उक्त घटनाको थप अनुसन्धान कार्य भाइ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

