पर्सा : पर्सा जिल्लाको बन गस्ती टोलीले जङ्गलबाट रुख काट्दै गरेको दुई जना मानिसलाई पक्राउ गरेको छ ।
जिल्लाको रङ्गपुर र बसन्तपुरबाट परिचालन भएको बन गस्ती टोलीले दुई जनालाई पक्राउ गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।
रङ्गपुर सब डिभिजन बन कार्यालय भतौडा र गादिमाई साझेदारी बन समुहबाट खटिएको बन गस्ती टोलीले हात्तीबन जङ्गलबाट रुख काट्दै गरेका अवस्थामा पटेर्वा सुगौली गाउँपालिका वडा नं.१ बस्ने बर्ष ३२ को मिरजु चौधरीलाई पक्राउ गरिएको फरेष्टर तोक बहादुर श्रेष्ठले जानकारी दिए ।
चौधरीले काटेको करिब १४ क्युफिटको साल रुखको काठ र बन्चरो बरामद गरिएको उनले बताए । बरामद काठलाई रङ्गपुर सब डिभिजन बन कार्यालयमा र पक्राउ परेका मानिसलाई डिभिजन बन कार्यालय पर्साको थुनुवा कक्षमा राखिएको छ ।
शनिवार सब डिभिजन बन कार्यालय रङ्गपुरले चारवटा साईकलमा लोड दाउरा नियन्त्रणमा लिएको थियो ।
त्यस्तै पर्साको बसन्तपुर सब डिभिजन बन कार्यालयले शनिवार रुख काटि दाउरा बनाईरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।
रेञ्जर बिजय यादबको कमाण्डमा गएको टोलिले साईकल,बञ्चरो,काठ सहित पटेर्वा सुगौली गाउँपािलका वडा नं.१ बस्ने बर्ष ४० को भगन हजरालाई पक्राउ गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत अहमदले जानकारी दिए ।
पक्राउ परेका हजरालाई डिभिजन बन कार्यालयको थुनुवा कक्षमा राखिएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।
उक्त ठाउँबाट बरामद काठ करिब १० क्युफिटको रहेको रेञ्जर बिजय यादबले बताए । पक्राउ परेका हजरामाथि म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।

