भन्सार कानुनबाट ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन आजपाको माग

साझेदारी दैनिक
साझेदारी दैनिक 74 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

आम जनता पार्टी(आजपा) निकट आम सम्पर्क मञ्चले आज भन्सार बिभाग मार्फत सरकारलाई सचेत पत्र बुझाएको छ ।

पार्टीले भन्सार कानुनमा रहेको कथित ४५% पुरस्कारको प्रावधान हटाउन माग सहित सचेतपत्र बुझाएको हो ।

भन्सारको नाममा निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न लगायतका मागहरुको सम्बन्धमा प्रस्तुत सचेतपत्रमा माग गरिएको पार्टीका केन्द्रीय उपाध्यक्ष श्रीकाजी मोक्तानले जानकारी दिएका छन ।

आजपाको वरिष्ठ उपाध्यक्ष एवं सभासद तिलक थापाको नेतृत्वमा सम्पर्क मञ्चका नेताहरुको टोलीले भन्सार बिभागको महानिर्देशक उक्त सचेतपत्र बुझाएको उपाध्यक्ष मोक्तानले बताए ।

मञ्चद्वारा राखिएका मागहरुको सम्बोधन तुरुन्त नभए बैशाख २० गते देखि भन्सार बिभाग घेराउ गर्ने जनाएको छ । आजपाले गत भदौ ३१ गते ज्ञापनपत्र मार्फत सुरू गरि माघ २० गतेको मोटरसाइकल ¥यालीबाट रोकिएको चरणबद्ध आन्दोलन अब पुनः सुचारु हुने बताईएको छ ।

देशको समृद्धिसंग जोडिएको यस ऐतिहासिक संघर्षमा सवैको साथ र सहयोगको लागि आजपाका केन्द्रीय अध्यक्ष एवम पुर्वमन्त्री प्रभु साहले आग्रह गरेका छन ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review