कलैया : राजेश कुशवाहा / नेपाल पत्रकार महासंघ बाराका नव निर्वाचित पदाधिकीहरुको शपथ ग्रहण तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।
कलैया स्थित नेपाल पत्रकार महासंघ बाराको सभाहलमा शनिबार नव निर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृत निवेश तिमल्सिनाले महासंघ बाराका नव निर्वाचित अध्यक्ष रमेश सुबेदीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
नवनिर्वाचित अध्यक्ष सुवेदीले महासंघका उपाध्यक्ष पन्नालाल दास,महिला उपाध्यक्ष प्रियांका दास,सचिव पुष्पराज खतिवडा,सह सचिव ईन्दिप कोईराला,सह सचिव समावेशी दुष्यान्त चौधरी, कोषाध्यक्ष रञ्जन यादव,खुल्ला सदस्यहरु जिउत प्रसाद यादव,प्रहलाद तिम्लसिना,नविन चौधरी,राहुल गुप्ता,प्रभु प्रसाद यादव,चन्दन कुमार मेहता,नरेश गुप्ता,नारायण पौडेल,महिला सदस्य तुलसा घिमीरे, सदस्य ९ आदीवासी जनजाती० धिरेन्द्र पनुहर,सदस्य ९मधेशी धिरेन्द्र तिवारी,सदस्य ९ अल्पसंख्यक० नुर आलम मंसुरलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
सपथ ग्रहण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजु बिक,सिकेन्द्र पासवान,मेची महाकाली मिडिया सोसाईटीका भोजराज भटृराई,प्रेस चौतारीका केन्द्रिय सचिव कमल कुमार उपाध्याय,समाजवादी प्रेस संगठनका जितलाल श्रेष्ठ,प्रेस सेन्टरका रमेश साह,प्रेस मञ्चका निखिल पासवान लगायतकाले नव निर्वाचित पदाधिकारीहरुको कार्यकालको सफलताको कामना गरे।
उक्त अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य गोकुल घोरसाईने,कमल कुमार उपाध्याय,लक्ष्मी साह,भोजराज भटृराई,सत्य प्रसाद श्रेष्ठ,प्रदेश परिषद सदस्य शयाम गुप्ता, मनोज साह,लक्ष्मी पाण्डेय,सिकिन्द्र साह,भोलानाथ पौडेल,गम्भिरा सहनी,रामेशवर मेहता,अनिल कुमार साह,श्री कान्त गुप्ता,पवन यादवको सहभागिता रहेको थियो ।
मुख्य निर्वाचन अधिकृत निवेश तिमल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष रेशम तिवारी एवम् सञ्चालन रुद्र धितालको रहेको थियो ।
शपथग्रहण तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न लगतै बसेको कार्यसमितीको पहिलो बैठकले स्व.बिरेन्द्र साह स्मृती पत्रकारीता पुरस्कार दुई जनालाई बितरण गर्ने र मधेश प्रदेशको आमसञ्चार प्राधिकरणले ल्याएको पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमालाई बाराली पत्रकारमा प्रभावकारि रुपमा लैजान निर्णय गरेको छ ।

