बाराद्वारा सिरहा,पर्साद्वारा धनुषा पराजित

साझेदारी दैनिक
302 पाठक संख्या

नवराज चौलागाईं/

मधेस प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय छनौट क्रिकेट प्रतियोगितामा सिरहालाई बाराले ५६ रनले पराजित गरेको छ ।

शंकर पौडेलको उत्कृष्ट बलिङमा बाराले प्रतियोगिताको विजयी शुरूवात गरेकोछ । कलैयास्थित सिद्धेश्वर क्रीकेट मैदानमा बुधबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको बाराले ३९ओभर तीन बलमा एक सय ६४ रन बनाउदै मैदानबाट बाहिरिएको थियो ।

बाराकोलागी युवा ब्याटर निरज यादवले अर्धशतक प्रहार गरे । निरजले ४८ बलमा ६ वटा चौका र १ वटा छक्का प्रहार गर्दै अविजित ५० रन बनाए । अरनिको यादवले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४० रन बनाए ।

अरनिको अफुरुद्धिन रैनको बलमा दिपेश दास मार्फत क्याच आउट भए । बाराका भुलवन सहनीले २९ बलमा ३ वटा छक्का प्रहार गर्दै २५ रन बनाए । भुलवन पार्थिभ यादवको बलमा कृष्ण साह मार्फत क्याच आउट हुन पुगे । कप्तान अनिल कुमार साहले २७ बलमा २ चौका र १ छक्काको मद्धतमा २० रन बनाए ।
कप्तान अनिललाई सिरहाका कप्तान रुपेश सिंहले एलबीडब्लू आउट गरे । बाराका अन्य ब्याटरहरुले दोहोरो अंकमा रन बनाउन सकेनन । सिरहाको लागि अफुरुद्धिन रैनाले आठ ओभरमा ३२ रन बनाउदै सर्वाधिक तीन विकेट लिए । कप्तान रुपेश सिंह र आशुतोष डोटेललले २÷२ विकेट लिए । पार्थिभ यादव,फतेह सिद्धिकी र प्रदिप पासवानले समान १÷१ विकेट हात पारे ।

सिरहालाई जितकोलागि १ सय ६५ रनको सामान्य लक्ष्य बाराले प्रस्तुत गरेको थियो । बाराका बलर शंकर पौडेल एक्लैले ६ विकेट सहित उत्कृष्ट प्रदर्शन गरे । उनले सिरहाको ब्याटिङ ध्वस्त बनाएका हुन् । जवाफी ब्याटिङमा उत्रिएको सिरहाकोलागी दिपेश दासले सर्वाधिक ४२ रन बनाए । अन्य ब्याटरहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दिपेशले ५३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै सिरहालाई सम्हाल्ने प्रयास गरेका थिए ।रोहन साह मार्फत शंकर पौडेलले क्याच आउट गराएपछि पेभेलियन फर्किएकाथिए । २२.४ ओभरमा अलआउट हुँदै सिरहाले मात्र १ सय ८ रन बनाउनसक्यो । बाराकालागी शंकरले ६.४ ओभर बलिङ गर्दै २ मेडन सहित १६ रन खर्चिएर सर्वाधिक ६ विकेट लिए ।

तेस्तै भुलवन सहनीले २ तथा बिकास प्रसाद पटेल र अरनिको यादवले समान १÷१ विकेट हात पारे । बाराको जितमा शानदार प्रदर्शन गरेका शंकर खेलको प्लेयर अफ द म्याच चुनिए । अर्को खेलमा पर्साले धनुषालाई ५ विकेटले हराएकोछ ।

वीरगंज स्थित नारायणी रंगशालामा सम्पन्न खेलमा २९ ओभरमा ९३ रन बनाउदै धनुषा मैदानबाट बाहिरिएको थियो । धनुषाकालागी मयन यादवले ४८ बलमा सर्वाधिक ३२ रन बनाए । टोलिका अन्य ब्याटरहरुले राम्रो प्रदर्सन गर्न सकेनन् । धनुषालाई सस्तैमा समेट्न पर्साका रन्जित कुमारले सर्वाधिक तीन विकेट लिए । जवाफी ब्याटिङमा पर्साले २७.१ ओभरमा लक्ष्य भेट्टायो ।

पर्साकालागि मन्जय महतोले ४६ बल खेल्दै ३३ रन बनाए । धनुषाका हरिशंकर साहले २ विकेट लिए । प्रतियोगिता अन्तर्गत बिहीवार धनुषा र महोत्तरी बिच कलैयास्थित सिद्धेश्वर क्रीकेट मैदानमा प्रतिस्पर्धा हुनेछ । सिरहा र सप्तरी बिच वीरगंजको नारायणी रंगशालामा प्रतिस्पर्धा हुनेछ ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रीकेट प्रतियोगिताकोलागी मधेस प्रदेशको टोलि छनोट हुने यस प्रतियोगिता पौष २५ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा मधेसका ८ वटा जिल्लालाई २ वटा समूहमा बिभाजन गरिएकोछ । समूह ए मा पर्सा,रौतहट,महोत्तरी र धनुषा जिल्ला रहेकोछ । समूह बीमा बारा,सर्लाही,सिरहा र सप्तरी रहेकोछ ।

Leave a review

This will close in 0 seconds