रुम्बा हत्या आरोपमा पक्राउ परेका तीन जना बारा प्रहरीद्वारा सार्वजनिक

संदिप प्रसाद यादव
469 पाठक संख्या

कलैया : प्रहरी सहयोगी राजकुमार रुम्बाको हत्याकाण्डमा बारा प्रहरीले अनुसन्धानको लागि तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेका हुन्।

प्रहरीले जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.१९ घर भई हाल वडा नं.०१ स्थितमा दिनेश सुवेदीको जग्गामा जय माँ इन्जियरिङ वर्कसपको संचालन गरिरहेका २७ वर्षीय पुरुषोत्तम कुमार दासलाई प्रहरीले सार्वजनिक गरेको हो।

सोही ठाउँका २० वर्षीय ईन्द्रजित कुमार चौहानलाई प्रहरीले सार्वजनिक गरेको हो। महोत्तरी जलेश्वर न.पा. ३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरा बारामा कार्यरत राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारीलाई समेत प्रहरीले सार्वजनिक गरेको हो।

कसूर दर्ता किताबमा कर्तव्य ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता भई सम्मानित बारा जिल्ला अदालत बाट दिन सात दिनको म्याद थप लिई थप अनुसन्धान कार्य ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट भई रहेको पत्रकार सम्मेलनमा जनाइएको छ।

रुम्बाले घाटीमा लगाएको सुनको सिक्रि एक थान पुरुषोत्तम कुमार दासको वर्कसपबाट निजले लगाउने गरेको जिन्स पाईन्टको खल्तीबाट प्रहरीले बरामद गरेको छ।

यस्तै मृतक रूम्बाको पर्स थान–१,प्रतिवादी पुरुषोत्तम कुमार दासको कालो रंगको क्याट लेखिएको झोला भित्र बाट प्रहरीले बरामद गरेको छ।

संकित व्यक्तिहरूबाट प्रहरीले छ थान मोबाईल बरामद गरेको छ। दासले प्रयोग गर्ने गरेको ना १३ प ५४७ नम्बरको यमाहा कम्पनीको मोटरसाईकल एक थान प्रहरीले बरामद गरेको छ। प्रहरीले घटनाको मुख्य कारण पुर्व रिसिईबि,चोरी (लुटपाट) रहेको जनाएको छ।

पुस ६ गते बारा जितपुर सिमरा उ.म.न.पा. वडा नं.११ स्थित बकुलिया देखी रमौली लोसन्डा जाने सडक खण्डको छेउमा बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको ग्रे रंगको ईभि कारमा चालक बस्ने सिटमा एक जना मानिस वेहोस अवस्थामा छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट तत्काल घटना स्थलमा प्रहरी पुगी हेर्दा उक्त कारमा मृत अवस्थामा रुम्बा फेला परेका थिए।

जितपुर सिमरा उ.म.न.पा. वडा नं.०१ घर भई इलाका प्रहरी कार्यालय सिमरा बारामा दरबन्दी भई हाल विमान स्थल सुरक्षा गार्ड सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी राज कुमार रुम्बा रहेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको थियो।

पोष्टमार्टमको क्रममा टाउकोबाट गोलीको बुलेट थान–१ (एक) फेला परेको हुनाले मृत्युको कारण गोली प्रहारबाट भएको शव परीक्षण प्रतिवेदनबाट खुलेको प्रहरीले जनाएको छ।

Leave a review

This will close in 0 seconds