सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दुई पेस्तोल र १५ राउन्ड गोलीसहित पक्राउ

साझेदारी डेलि
37 पाठक संख्या

बारा । सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल तथा गोलीसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ बस्ने ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन्। उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार थापाको साथबाट ‘MADE IN U.S.A.’ लेखिएको पेस्तोल एक थान, नाम नखुलेको अर्को पेस्तोल एक थान, म्यागजिन तीन थान र १५ राउन्ड गोली बरामद गरिएको छ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका थापालाई पक्राउ गरेपछि उनीसँग बरामद गरिएका हातहतियार तथा गोलीसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ। पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a review