माघे संक्रान्तिमा गढीमाई मन्दिरमा दर्शनार्थीको घुईचो

साझेदारी दैनिक
335 पाठक संख्या

कलैया :राजेश कुशवाहा/ बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित गढीमाई मन्दिरमा मंगलबार बिहानै देखि दशर्नार्थीहरुको घुईचो लागेको छ।

जिल्लाको बिभिन्न नाका बाट दर्शनार्थीहरु गढीमाई मन्दिरमा पूजा अर्चना गर्न आएका हुन्।मन्दिरमा दर्शनका लागि जिल्लाको सिम्रौनगढको बसवरिया,नन्दसगरा ढाट,पचरौताको बेलदारी नाका, सुवर्ण गाउँपालिकाको कवही गोठ नाका,देवताल गाउँपालिकाको अमवा,बिश्रामपुर गाउँपालिकाको मुसहर्वा,कलैया उपमहानगरपालिकाको मटिअर्वा र पर्साको बीरगञ्ज नाका भएर भारतको बिभिन्न स्थानका दर्शनार्थीहरु आउने तथा फर्किने मंगलबार दिनभरी नै जारी रहेको थियो ।

भारतको रक्सौल,मोतिहारी,अदापुर,छौडादानो,पटना,उतरप्रदेश,दिल्ली,कलकता,मुम्बई लगायतका दर्शनार्थीहरु गढीमाई मन्दिरमा आएका थिए।सीमावर्ती नाकामा भारतीय सवारी साधन,पैदल यात्री,साईकल,मोटरसाईल,बस,पिकअप,कार लगायतको सवारी साधनको अत्याधिक चाप बढेको छ।

रौतहटको बंकुल भएर समेत गढीमाई मेला भर्न दर्शनार्थीहरु भारी संख्यामा आईरहेका छन्। कलैया –वीरगञ्ज सडक खण्ड,बरियारपुर–मझरिया–कवहीगोठ सडक खण्ड,कलैया–मटिअर्वा सडक खण्ड,मानवत कलैया–सडक खण्ड,तामागढी– कोल्हवी –सिम्रौनगढ सडक खण्ड गण्डक नहरको बाटो भएर दर्शनार्थीहरु गढीमाई मन्दिरमा आएका हुन्।

अत्याधिक सवारी साधनको चापका कारण सडक कलैया बरियारपुर सडक खण्ड लगायतकोमा जाम लागेको छ ।गढीमाई मन्दिरमा लाखौको संख्या भक्तजन आएका थिए।

मन्दिरमा हजारौको संख्यामा परेवा उडाईएको छ ।एक जोडी परेवा रु सात सय नेपाली रुपैयामा बिक्री गरिएको छ ।मन्दिरमा हजारौको संख्यामा बोका बली समेत गरिएको छ। यसैगरी माघे संक्रान्ति पर्वको अवसरमा बरियारपुरस्थित रामनाकामना मन्दिरमा मंगलबार मेला लागेको छ ।

Leave a review

This will close in 0 seconds