प्रणामी व्यवसायी संघ बाराको दोस्रो अधिवेशन सम्पन्न

साझेदारी दैनिक
430 पाठक संख्या

कलैया : प्रणामी व्यवसायी संघ नेपाल बारा जिल्ला समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवा सम्पन्न शनिवार सम्पन्न भएको छ।

अधिवेशनबाट संघको जिल्ला अध्यक्षमा होमनाथ उप्रेती सर्वसहमतीबाट चयन भएका छन् । सो अधिवेशनबाट उपाध्यक्षमा इश्वर श्रेष्ठ र पन्नालाल कुशवाहा पनि चयन भएका हुन् ।

त्यस्तै सचिवमा श्याम अगस्ती,सहसचिवमा सन्तोष पाण्डे र कोषाध्यक्षमा रामप्रसाद हुमागाई सहकोषाध्यक्ष मनिष चौलागाईं पनि सर्वसहमतीबाट चयन भएका छन् ।

त्यसैगरी सदस्यमा विकास सापकोटा,नवराज न्यौपाने,बिनोद कुमार कार्की र चेतनाथ खरेल चयन भएका हुन् ।

संघले “हामी सबैको कामना,सफल व्यवसायी बन्ने चाहना“ भन्ने मुल नाराका साथ आफ्नो वार्षिक साधारण सभा मनाएको हो । साधारणसभाको प्रणामी व्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष विष्णु वाग्लेले उद्घाटन गर्नुभएको थियो ।

संघका निवर्तमान जिल्ला अध्यक्ष जुगलकिशोर लामिछानेको उध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा संघका केन्द्रीय सल्लाहकार अर्जुन प्रसाद वाग्ले,केन्द्रीय सचिव देवीप्रसाद अधिकारी, श्रीकृष्ण प्रणामी सेवा समिति बारा,पर्साका अध्यक्ष अर्जुन प्रसाद घिमिरे लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको संचालन संघका निवर्तमान सचिव मोहन सापकोटोले गर्नुभएको थियो भने स्वागत मन्तव्य पुर्वजिल्ला अध्यक्ष प्रकास सापकोटाले गर्नुभएको जनाईएको छ । 

Leave a review

This will close in 0 seconds