Sajhedari Daily
Latest News from Nepal

रौतहटमा आफ्नै खर्चमा राहत बितरणमा दुई युवा

Top Aside Banner

पबन घिमिरे /
रौतहटमा पनि लक डाउनका कारण दिनप्रती दिन जनजीवन प्रभाबित हुँदै गएको छ ।
लकडाउनका कारण उद्योग कलकारखाना व्यापार, ब्यबसाय ठप्प छन भने दैनिक रुपमा ज्याला मजदुरी गर्ने श्रमिक बेरोजगार बन्दै घरमै दिन काटन बाध्य भएका छन।

विश्वमा कोरोना संक्रमण र मृत्युुदर उच्च हुँदै गर्दा कोरोना सन्क्रमण नियन्त्रणका लागि नेपाल सरकारले तय गरेको लकडाउन लामो समयदेखी रहदा अति विपन्न थप भए सङगै कतिपयकोे घरमा चुल्हो समेत नबल्ने अवस्थामा पुगि सकेको छ ।

तर स्थानीय तहहरुले बाडेको राहत पनि सकिसक्यो यहि अवस्थालाई मध्यनजर गरि रौतहट चन्द्रपुर नगरपालिकाका दुई युवाले अति बिपन्नको परिवारको घरमा पुगि ब्यक्तिगत खर्चबाट बिगत एक महिनादेखि राहत बितरण गर्दै आइरहेका छन ।

सामाजिक अभियताका रुपमा रहेका वसन्त आचार्य र बलिराम चौधरीले आफ्नै खर्चमा राहत बितरण गरेका हुन ।
लकडाउनमा खान नपाएर भोकै कोहि नमरुन र कोहि पनि भोकले मर्नु नपरोस भन्ने सोचाइका साथ आफुहरुले राहत बितरण गरेको अभियान्ता बसन्त आचार्य साझेदारीलाई बताए ।

यसैगरी स्थानिय तहले राहत बितरणमा हामिले पनि एक इट्टा थप्ने काम गरेको अर्का अभियानता बलिराम चौधरी बताए ।