रञ्जन यादब/
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ कुसमाडी स्थित सत्यश्वर महादेव मन्दिर परिषरमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा १९ लाख ६० हजार सात सय ८३ रुपैंया संकलन भएको छ ।
विवाह मण्डप,पार्वती गणेश मन्दिर, बालाचतुर्थीमा बत्ती बाल्ने भवन,ट्रस, साधुसन्तका लागि भवन निर्माण गर्ने उदेश्यले बैशाष २५ गतेबाट महायज्ञको आयोजना गरिएको थियो ।महायज्ञमा एक कृषक समुह सहित ४ जनाले बढी रकम दान गरेका थिए ।
सबैभन्दाबढी दान गर्नेमा स्थानिय बद्रि बहादुर अर्याल पर्नु भएको छ । उहाँले १ लाख ५७ हजार ५५५ रुपैंया दान गर्नु भएको थियो । यसैगरी अर्का स्थानियहरु उदय कुमार उपाध्यायले १ लाख ५६ हजार २५५ र देवी बहादुर भण्डारीले १ लाख ५१ हजार रुपैंया दान गर्नु भएको थियो ।
यसैगरी स्थानिय लक्ष्मी बचत तथा ऋण समुहले १ लाख ५ हजार, जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८का अध्यक्ष चतुरबाबु वाग्लेले ५५ हजार ५५५ र जानकी बचत समुहले २५ हजार रुपैँया महायज्ञमा दान प्राप्त भएको महायज्ञ मुल समारोह समितिका कोषाध्यक्ष पार्वती न्यौपानेले जानकारी दिनु भयो ।