वीरगञ्जको गौतम बोडिङ्ग स्कुलको हर्कत,अभिभावकसंग मन्जुरीनामा गराएर भर्ना गर्दै

साझेदारी दैनिक
साझेदारी दैनिक 266 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

राम मण्डल/
वीरगञ्जमा रहेको गौतम स्कुलले आफनो मनोमानी गर्नको लागि विद्यालयमा अध्यनरत रहेका विद्यार्थीहरुको अभिभावकसंग मन्जुरीनामा गरि भर्ना लिदै आएको छ ।

विद्यालयले आफु अनुकुल शुल्क र अनय फि असुल गर्नको लागि मन्जुरी नामाको कागज नै गराएर विद्यार्थीहरुको भर्ना लिदै आएको हो । मन्जुरीनामा तोकिएको दस्तु समयमा झुाउने, विद्यालय बारे समाजमा नाकारात्मक टिप्पणी नगर्ने, विद्यालय सञ्चालन गर्ने अतिरिक्त कक्षाको लागि तोकिएको शुल्क बुझाउने, विद्यालयको बारेमा नाकारात्मक टिप्पणी गरे आफै अभिभावकले कारवाही भोग्न तयार हुने जस्ता कुराहरु मन्जुरीनामा कागजमा उल्लेख गरिएको छ ।

उक्त कागजमा विद्यार्थीका अभिभावकले सही गरेमात्रै विद्यार्थी भर्ना गरिने गरेको तथा अध्यनरत विद्यार्थीहरुको परिक्षाफल पनि मन्जुरीनामाको कागजमा सही गराएर मात्रै विद्यालयले अभिभावकलाई उपल्बध गराउदै आएको छ । यसरी मनोमानी तरिकाले गौतम स्कुलले मन्जुरीनामाको कागज नै गराउन थालेकोले त्यसलाई रोक्नुपर्ने अभिभावक सँघका अध्यक्ष सन्दिप साहले बताए ।

उनले परिक्षाफल नै मन्जुरीनामाको कागजनमा सही गराएर मात्रै गौतम स्कुल दिदै आएको अभिभावकले गुनासो आफु कहाँ गरेको र ती अभिभावकलाई महानगरका पदाधिकारीसित समेत भेट गराई समस्याबारे बताएको जानकारी दिए । विद्यार्थीहरु अध्यनरत रहेको विद्यालयले नियम कानुन भित्र रही आवश्यक नियम कानुन बनाउने अधिकार भएपनि आफनो अनुकुल र बिधार्थीको अभिभावकलाई भबिष्यमा मार पर्ने तथा बिधालयले जे गरेपनि कसैले केही बोल्न नसक्ने गरि गौतम स्कुलले मन्जुरीनामाको कागज गराउदै आएको छ ।

यस्तो मन्जुरीनामाको कागज नै गराएर विद्यार्थी भर्ना गर्नु वा परिक्षाफल उपलब्ध गराउनु नियमसँगत नभएकोले बिरोध स्वरुप जिल्ला प्रशासन कार्यालयमा तथा महानगरमा ज्ञापनपत्र बुझाएको उपभोक्ता हित संरक्षण मन्च वीरगञ्जका अध्यक्ष अजित भुजेलको भनाई छ ।

वीरगञ्ज महानगरमा रहेका निजी विद्यालयहरु पनि महानगरले बनाएको नियमको परिधीभित्र रहेर चल्नुपर्छ तर गौतम स्कुलले भने नियम कानुनको बाहिर गएर मन्जुरीनामा बनाएको भन्ने कुरा आफुहरुलाई समेत जानकारी हुन आएको वीरगञ्ज महानगरका शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्णले बताए ।

उनले गौतम स्कुलले मन्जुरीनामा सही गराएर बिधार्थीको भर्ना गरे त्यसको लिखित उजुरी अभिभावकले महानगरमा दिए त्यसमा कारवाही गर्ने आश्वासन दिए । उनले समाजिक सञ्जालबाट गौतम स्कुलले मन्जुरीनामा गराएर विद्यार्थी भर्ना वा परिक्षाफल लिने गरेको बारेमा थाहा पाएको र त्यस्तो गर्न नपाईने समेत कर्णको भनाई छ ।

समाचार शेयर गर्नुहोस
Leave a review