नेपाल निजामती कर्मचारी यूनियन बाराको अध्यक्षमा पुन जयसवाल

संदिप प्रसाद यादव
448 पाठक संख्या

कलैया : नेपाल निजामती कर्मचारी यूनियन बाराको जिल्ला अध्यक्षमा पुन हरिओम प्रसाद जयसवाल सर्वसहमतबाट चयन भएका छन् ।

बाराको सदरमुकाम कलैया स्थित करण राज पार्टी प्यालेसको सभाहलमा आयोजित नेपाल निजामती कर्मचारी युनियन बाराको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रसाद सर्वसहमतबाट चयन भएका हुन्।

यूनियनको जिल्ला खुला उपाध्यक्षमा बजरंगी साह जयसवाल,महिला उपाध्यक्षमा सकुन्तला चौधरी,समावेशी उपाध्यक्षमा देवकुमार मण्डल सर्वसहमतबाट चयन भएका छन् ।

त्यसैगरी सचिवमा गजेन्द्र प्रसाद यादव,सह–सचिवमा विनोद पंडित र कोषाध्यक्षमा मनिष साह कलवार पनि चयन भएको जनाईएको छ ।

अधिवेशनबाट जिल्ला सदस्यमा रमिता कुमारी गिरी,जुनुकुमारी गुरुङ, छोटेबाबु प्रसाद यादव, सुदिप साह,प्रमोद प्रसाद कुशवाहा,गुन्जा कुमारी जैसवाल,गुलाब मेहता,मो.कुलाम हुसैन, रामजि साह,प्रिन्स कुमार साह,जितेन्द्र प्रसाद यादव र रामजी प्रसाद साह पनि चयन भएका हुन् ।

त्यस्तै जिल्ला अधिवेशनले यूनियनको प्रदेश महाधिवेशन प्रतिनिधिमा कृष्ण प्रसाद यादव,नागेन्द्र प्रसाद पटेल,पुनम कुमारी साह,जीवराम पौडेल,मुकेश प्रजापति पनि सर्वसहमतबाट चयन भएका हुन् ।

यसैगरी अधिवेशनबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा मुकेश कुमार साह,आयुष कुमार साह,राकेश ओझा,सन्तोष भगत चयन भएका छन् ।

Leave a review

This will close in 0 seconds