कलैया :कलैया ३३/११ केभि सब फिडरमा मंगलबार तीन घण्टा विधुत अवरुद्ध हुने भएको छ।
नेपाल विधुत प्राधिकरण कलैया बाराले सोमबार एक सूचना मार्फत यसबारे जानकारी दिएको हो। वीरगञ्ज १३२/६६ के.भी. सब स्टेशनमा जिआइस हल निर्माणको क्रममा कलैया ३३/११ के.भी. सब स्टेशनमा आएको केबल भूमिगत गर्न लागिएको हो। 
सो क्रममा मंगलबार विहान ७ः०० बजे देखि १०ः०० बजे सम्म ३ घण्टा ३३ के.भी. लाईन सटडाउन गर्नुपर्ने भएको हो। जस्को कारणले वितरण केन्द्र अन्तर्गतको कलैया सबस्टेशनका सम्पूर्ण फिडरहरु अबरुद्ध हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
तोकिएको समयभन्दा अगावै कार्य सम्पन्न भएमा सो अगावै लाईन सुचारु गरिनेछ । यस कार्यबाट ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र क्षमा प्रार्थी रहेको छ।

