कलैया : कलैया उपमहानगरपालिका वडा नम्बर ११ स्थित नेपाल राष्ट्रिय आधारभुत बिधालय घोघरडियामा नयाँ व्यवस्थापन समिति चयन भएको छ ।
विद्यालयमा शुक्रबार सम्पन्न भेलाले नेजामुदिन अन्सारीको नेतृत्वमा व्यवस्थापन समिति सर्वसम्मत् चयन गरेको हो ।
भेलाले व्यवस्थापन समितिको सदस्यमा निर्मला मण्डल,रिता जैसवाल,झुम्की साह,देवधारी साह र राजेश मण्डल पनि सर्वसम्मत् चयन भएको छ ।
अन्सारीको नेतृत्वमा ७ सदस्यीय बिधालय व्यवस्थापन समिति चयन भएको हो । अन्सारी नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य पनि हुन् ।
प्रधानाध्यापक कपिलदेव कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका शिक्षा,युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत बिजय अधिकारी,वडा नम्बर ११ का वडा अध्यक्ष अजय कुशवाहा,पुर्व वडा अध्यक्ष सर्वे नारायण चौधरी,शिक्षक र अभिभावकहरु लगायतको उपस्तिथि रहेको थियो ।

