माल बाहक ट्रकबाट लाखौको माल सामान बरामद

साझेदारी दैनिक
303 पाठक संख्या

कलैया : प्रहरीले बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ पतञ्जली चौकमा आईतबार राति एक माल बाहक ट्रकबाट लाखौ रुपैयाँ बराबरको अबैध माल सामान बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुरेशराज भटृको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रसौनीबाट वीरगंज तर्फ जाँदै गरेको ना ३ ख ७०५० नम्बरको ट्रक बाट रू.एक्कास लाख बयानब्बे हजार छौ सय सतासी बराबरको माल सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

उक्त माल बाहक ट्रक बाट हरियो मटर १२० बोरा ३६०० के.जि.अं.मु.रु चार लाख अस्सी हजार मुल्य बराबरको मटर को बिल नभएको,बिस्कुट ९५० काटुन अं.मु.रु.बाह्र लाख अठ्ठाईस हजार चार सय उनान पचास रुपैया मुल्य बराबरको बिस्कुट मध्ये ४९० काटुन बिस्कुट को बिल नरहेको,मास्टर ब्याच ७५ के.जि.अं.मु.रु.छब्बिस हजार नौ सय उन्नसय बिल भएकोले फल्याट टयुब ६२९.३४ के.जि अं.मु.रु.एक लाख उन्नतिस हजार दुई सय सन्ताउन्न बिल भएको र हार्डवेयर तराई केमिकल ईण्डस्ट्रिज २१८० के.जि. अं.मु.रु.तिन लाख सत्ताइस हजार नौ सय एक्कासी बिल भएको माल सामान बरामद गरेको हो ।

उक्त सामानहरु सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज,पर्सा पठाइएको बारा प्रहरीले जनाएको छ।

Leave a review