छपन्न किलो ग्राम लागू औषध गाँजा प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
376 पाठक संख्या

कलैया : बारा प्रहरीले प्रतिबन्धित अवैध लागु औषध सात पोकामा रहेको ५६ किलोग्राम गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो।

विशेष सूचनाको आधारमा सोमबार ईलाका प्रहरी कार्यालय कोल्हबी, बाराबाट प्रहरी हवल्दार बच्चालाल यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले सो गाँजा बरामद गरेको हो।

जिल्ला बाराको कोल्हबी नगरपालिका वडा नं.०५ स्थितमा कुमरगढीबाट सोनाभारटोल तर्फ जाँदै गरेको नम्बरको नखुलेको मोटरसाइकलमा सवार दुईजनाले प्रहरीलाई देखी गाँजा फाली मोटरसाईकल लिई मानिस फरार भएका छन्।

उक्त गाँजा वरामद गरी आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Leave a review

This will close in 0 seconds