संविधानलाई छेडखानी गरेर देशलाई गृहयुद्धमा धकेल्ने षड्यन्त्र हुदैछ : प्रचण्ड

रञ्जन यादव
401 पाठक संख्या

जीतपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता र संविधानसभाबाट बनेको संविधानलाई छेडखानी गरेर देशलाई गृहयुद्धमा धकेल्ने षड्यन्त्र भईरहेको बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियानका लागि बारा आउनुभएका अध्यक्ष प्रचण्डले सिमरामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

उहाँले ‘अहिले संविधानलाई छेडखानी गर्ने भनेको शान्ति सम्झौतालाई पनि छेडखानी गर्ने र देशलाई फेरी गृहयुद्धतिर धकेल्ने षड्यन्त्र शिवाय अरु केही हुन नसक्ने बताएका छन ।

संविधानसभाबाट घोषणा गरिएको संविधानबाट विकास गर्न मात्रै सकिन्छ पछाडि फर्काउन सकिदैन,अध्यक्ष प्रचण्डले भने । शान्ति सम्झौताको अर्को हस्ताक्षरकर्ता नभएको स्थितिमा मेरो विशेष जिम्मेवारी बन्न पुगेको छ उनले भने ।

पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अहिलेको उपलब्धि माओवादी आन्दोलनको मुख्य उपज भएको बताइनुहुदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले जेजति अधिकार प्राप्त गरेका छन् त्यसले जनयुद्धमा हजारौ मधेसमा बस्ने जनताका छोराछोरीको रगतले स्थापित भएको हो । सबैले केही अधिकार प्राप्त गरेको छ भने यसको रक्षा गर्ने जिम्मा माओवादीले अध्यक्ष प्रचण्डले बताए ।

उनले सविधानमा अझैपनि तराई मधेसदेखि सबै उत्पीडित वर्ग,जाति धर्मका समुदायले जेजति अधिकार प्राप्त गर्नुपर्ने हो त्यो अझै भएको छैन ।यसलाई विकसित गर्नुपर्ने परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष प्रचण्डले औल्याएका छन।’

Leave a review