अबैध लागु औषध गाँजा सहित तीन जना पक्राउ

साझेदारी दैनिक
385 पाठक संख्या

कलैया : प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटबाट बुधबार अबैध लागु औषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा पर्सागढी नगरपालिका वडा नम्बर ३ झबरा टोल बस्ने ४४ वर्षीय सुनिल बम्जन,सोही स्थान बस्ने २९ वर्षीय पञ्चलाल माझी,२१ वर्षीय मुकेश माझी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरुको साथबाट ५ किलो ७५० ग्राम अबैध लागु औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी ईनर्वा बाट खटिृएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ जादै गरेको पैदलयात्रीलाई जाँच गर्ने क्रममा उनीहरुलाई अबैध लागु औषध सहित पक्राउ गरेको हो।

सुनिलको साथ बाट एक थान मोबाईल,पञ्चलालको साथबाट अबैध लागु औषध गाँजा एक पोका,मोबाईल एक थान,मुकेशको साथ बाट अबैध लागु औषध गाँजा एक पोका बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद भएको गाँजा सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Leave a review

This will close in 0 seconds