गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान

रासस
141 पाठक संख्या
दर्ज्यानी चिह्न प्रदान गर्नुहुँदै मन्त्री गुरुङ काठमाडौँ, १८ कात्तिकः गृहमन्त्री सुदन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोजकुमार केसिलाई आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा ३४औँ प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गर्नुहुँदै । तस्बिरः विमलबहादुर विष्ट÷रासस

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

गृहमन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले प्रहरी महानिरीक्षक केसीलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो । यसअघि गृहसचिवले प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिँदै आइएको थियो ।

आजैको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक केसीलाई प्रहरी महारनिरीक्षकमा पदोन्नति गरेको थियो ।

नवनियुक्त प्रहरी महानिरीक्षक केसीले कम्बोडियाबाट द्वन्द्व रुपान्तरण विषयमा विद्यावारिधि गर्नुभएको छ । विसं २०३२ साउन २८ गते नुवाकोटमा जन्मनुभएका डा केसी २०५४ चैत २८ गते प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।

Leave a review