बारा । सामाजिक सञ्जाल टिकटकमा शान्ति सुरक्षामा खलल पुग्ने किसिमको भिडियो पोस्ट गरेको आरोपमा बारा प्रहरीले एक बालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार कलैया निवासी करिब १५ वर्षीय बालकलाई नियन्त्रणमा लिइएको हो।
प्रहरी टोलीले बालकलाई सोमबार दिउँसो करिब २ः३० बजे नियन्त्रणमा लिएको प्रवक्ता घलेले जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।


