जिप्रका बाराको अनुसन्धान शाखाको मुहार नै फेरियो,अब सेवाग्रहीले सहज रुपमा सेवा पाउनेमा विश्वास

संदिप प्रसाद यादव
959 पाठक संख्या

कलैया : अहिले तपाई कुनै काम विशेषले जिल्ला प्रहरी कार्यालय बाराको अनुसन्धान शाखामा जानुभयो भने उक्त शाखाको मुहार नै फेरिएको पाईन्छ ।

प्रहरी कार्यालयको मुख्य र अति नै सेवा लिनेहरुको चाँप हुने अपराध नियन्त्रण तथा अनुसन्धान शाखा यसअघि लथालिङ्ग अवस्थामा रहेको थियो । तर अहिले उक्त शाखाको मुहार नै फेरीएको छ ।

गर्मीमा एक हातले पसिना पुछ्दै अर्को हातले कम्प्युटरको किबोर्ड र माउस समाउनुपर्ने बाध्यतालाई प्रहरी नायब निरीक्षक खतिवडाले अन्त्य गर्दै एयरकन्डिसन जडित स्रोतसाधन सम्पन्न शाखा निर्माण र कार्य सञ्चालन भएको छ ।

बारा प्रहरीको नेतृत्व गरेका प्रहरी उपरीक्षक सन्तोष तामाङको अब्बल नेतृत्व र अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक अर्जुनबाबु खतिवडाको उत्कृष्ट व्यबस्थापकीय क्षमतालाई कारण प्रहरीको काम कारवाही र शाखा व्वस्थापनमा उत्कृष्ट कार्य भएको हो ।

मधेस प्रदेशको नेतृत्व सम्हाल्न आइपुगेका नयाँ प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले समेत सोमबार शाखा निरीक्षण गर्दै शाखाको उत्कृष्ट व्यवस्थापनको खुलेर प्रशंसा गर्दै प्रहरी नायब निरीक्षक खतिवडाले कार्यशैलीको समेत प्रशंसा गरी अझै राम्रो गर्ने निर्देशन दिएका थिए ।

सोही अवसरमा बोल्दै प्रहरी नायब महानिरीक्षक चतुर्वेदीले अवसरमा बारा प्रहरीको जस्तै कार्यवातावरणको अपराध नियन्त्रण तथा अनुसन्धान शाखा मधेस प्रदेशको सबै जिल्लामा निर्माण हुनुपर्नेमा जोड दिनुभएका थिए ।

हाल सेवाग्राहीले पनि कुनै निजी बैंकको कार्यालय भन्दा प्रहरीको उक्त शाखा कम नरहेको महसुस दर्साउछन । वास्तवमै प्रहरी नायब निरीक्षक खतिवडा बाराको मुद्दामा कार्यरत रहदै गर्दा गरीब निमुखाले बिना बिचौलिया सहज सेवा प्राप्त गरेको अनुभब सेवाग्राहीले बताउँछन ।

हामीले समृद्ध समाज निर्माणमा टेवा पुर्‍याउन सक्ने अब्बल कर्मचारी छन भन्ने उदाहरण पनि हो । सामाजिक परिवेस बुझेर गरीबको र निमुखा खुट्टामा जुत्ता नहुनेको प्रहरी बन्न बास्तबमै उत्कृष्ट कार्य नै हो । समाजले पनि सकारात्मकतालाई नजरअन्दाज नगरी राम्रो कार्यको प्रशंसा र खराबको खबरदारी गर्न सक्ने नागरिक निर्माणमा जोड दिनु जरूरी छ ।

Leave a review

This will close in 0 seconds