अनिश्चितकालीन यातायात बन्दको कारण बाराको जनजिवन प्रभावित

राजेश कुशवाहा
372 पाठक संख्या

कलैया : यातायात व्यवसायीले सोमबारदेखी अव्हान गरेको अनिश्चितकालीन यातायात बन्दको कारण बारा लगायत देशभरको जनजीवन प्रभावित भएको छ ।

यातायात बन्दको कारण जिल्लाको कलैया,सिमरा,निजगढ,पथलैया,अमलेखगञ्ज लगायतको जनजिवन प्रभावित भएको छ । बन्दका कारण कलैयाबाट चल्ने लामो तथा छोटो द्ुरीका सार्वजनिक सवारी साधनहरु चलेका छैनन् ।

सवारी साधन नचल्दा यात्रुहरु मारमा परेका छन । भने सधै सवारी साधनको चाप रहने सडकहरु समेत सुनसान बनेका छन । स्कूल बस र निजी सवारी साधन भने सञ्चालनमा रहेका छन । गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड सेयरिङ सम्बन्धी नियमावली मन्त्रीपरिषद्बाट पारित गरेको थियो ।

गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली प्रदेशको राजपत्रमा जेठ १ गते प्रकाशन भएर कार्यान्वयनको बाटो खुला भएको छ । त्यसपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित बनेका हुन् ।

व्यवसायीले सरकारको निर्णयले सार्वजनिक यातायातलाई कमजोर बनाउने भन्दै निर्णय फिर्ता लिन दबाव दिनका लागि यातायात ब्यवसायी आन्दोलनमा उत्रेका हुन । यातायात व्यवस्था ऐन २०४९ अनुसार, निजी सवारी साधनले यात्री ओसारपसार गर्न नपाउने व्यवस्था थियो ।

तर, २०८१ असार १३ गते सर्वोच्च अदालतले सबै सवारी साधनलाई कानुनीरूपमा सेवा सञ्चालन गर्न सक्ने बाटो खोल्दै पुराना प्रावधानहरू खारेज गरेपछि सरकारले नियमावली ल्याएको हो । राइड सेयरिङ सेवाहरू विश्वका धेरै देशहरूमा सञ्चालित छन् ।

Leave a review