करण कुमार मिश्र/
रौतहटको गरुडा नगरपालिका–८ बिर्ता चौक स्थित रहेको ईमर्जेन्सी जनसेवा हस्पिटलमा मृतकका आफन्तहरुले प्रर्दशन गरेका छन ।
उक्त हस्पिटलमा बच्चादानीको अपरेशन गराउन गएकी चन्द्रपुर नगरपालिका–७ बन बौहरीका इब्राहिम सिद्धिकीका ३० वर्षीय श्रीमती नुरजहान खातुनको सोमबार अबेर राति उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरुले मंगलबार बिहान् हस्पिटलमा प्रदर्शन गरेका हुन ।
अपरेशन गर्ने क्रममा स्वास्थ्यकर्मीको लापर्बाहीका कारण महिलाको ज्यान गएको आफन्तहरुको आरोप छ ।
अस्पतालको लापरबाहीका कारण महिलाको ज्यान गएको भन्दै आफन्तहरुले अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।
उपचारकै क्रममा महिलाको मृत्यु भइसकेको अवस्थामा पनि चिकित्सकले आलटाल गरि मृतकको श्रीमानलाई झुठो आश्वासन दिएर बिरामीलाई बीरगंज रेफर गरि हस्पिटलका संचालक हस्पिटल बन्द गरेर फरार भएकोले पीडित परिवार आक्रोशित हुदा अवस्था तनावग्रस्त भएपछि प्रहरी समेत परिचालन गरिएको छ।
मृतकका श्रीमान ईब्राहिम सिद्धीसहित आफन्त तथा स्थानीयहरुले अस्पताल अगाडि नाराबाजीसहित प्रदर्शन गरेको हो । सो क्रममा उनीहरुले ‘सरकार पीडितलाई न्याय देऊ’‘चिकित्सकको लापरबाहीले मान्छे मार्न पाइँदैन,‘जानमरवा हस्पिटल मुर्दावाद,‘हत्यारा डाक्टर मुर्दावाद’लगायतका नारा लगाएका थिए ।

