ब्रह्माकुमारी जीतपुरले भब्य रुपमा मनायो जन्माष्टमी

रञ्जन यादव
342 पाठक संख्या

जीतपुर । श्रीकृष्ण जन्माष्टमीको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, जीतपुरले आयोजना गरेको विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

सत्युगी दुनियाँको चैतन्य झाँकी, प्रवचन तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई धार्मिक र सांस्कृतिक पर्वको रंगमा रंगाएको थियो। कार्यक्रमको अध्यक्षता केन्द्र प्रमुख सञ्चालिका तथा बालब्रह्मचारिणी तपस्विनी रेनु दिदीले गर्नुभएको थियो।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका प्रदेशसभा सदस्य देवनारायण चौधरीले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष दिपेन्द्र चौधरी, उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरी, पूर्व महासचिव शिवजी साह सोनार, समाजसेवी गणेशजी साह ,कन्हैया गुप्ता लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बालबालिकाद्वारा प्रस्तुत गरिएको कृष्ण–राधाको आकर्षक झाँकी र विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य तथा सांस्कृतिक कार्यक्रमले उपस्थितलाई मन्त्रमुग्ध बनाएको थियो। आफ्नो प्रवचनमा रेणु दिदीले भगवान् श्रीकृष्णको आदर्श जीवनशैली र शिक्षाको महत्त्वलाई जोड दिँदै सत्य, धर्म र कर्मयोगको बाटोमा लाग्न सबैलाई प्रेरित गर्नुभयो।

Leave a review