तीन जना फरार प्रतिवादी पक्राउ

साझेदारी दैनिक
554 पाठक संख्या

कलैया : बारा प्रहरीले फरार रहेका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी विजयराज पण्डितले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीले चालु मुद्दाहरूमा लामो समय देखि बरदात पश्चात फरार रहेका निम्न मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरेको हो।

उनीहरु उपर आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। लेनदेन तथा विगो मुद्दामा फरार रहेका फेटा गाउँपालिका वडा नं. १ का ६२ वर्षीय रामदेव दासलाई प्रहरीले पक्राउ गरेको हो।

नागरिकता सम्बन्धी मुद्दामा फेटा गाउँपालिका ३ पुरैनिया निवासी ७४ वर्षीय मोख्तार मिया ठकुराईलाई प्रहरीले पक्राउ गरेको हो। सहकारी सम्बन्धी मुद्दामा परवानीपुर गाउँपालिका वडा नं. २ रामपुर टोकनीका ३० वर्षीय राजनिषकुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो।

Leave a review