जसपा पार्टी बाराका नेता एवम् प्रदेश सभा प्रत्यासी मेहता रास्वपामा प्रवेश

संदिप प्रसाद यादव
356 पाठक संख्या

जनता समाजवादी पार्टी बाराका नेता एवम् प्रदेश सभा सदस्य प्रत्यासी हरिशंकर मेहता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

पन्चायती ब्यवस्थामा ३ पटक र प्रजातान्त्रिक बहुदलिय ब्यवस्था २०५४ सालमा १ पटक भारी मतान्तरका साथ निर्वाचित मुखिया, साथै संघीय लोकतान्त्रिक गणतन्त्र २०७४ सालमा जसपाको तर्फबाट कलैया १३ का वार्ड अध्यक्ष उम्मेदवार र प्रदेश सभा सदस्य प्रत्यासी हरिशंकर मेहता रास्वपा पार्टीमा प्रवेश गरेका हुन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी बारा जिल्लाका संयोजक चन्दन स्वर्णकारले पार्टी प्रवेश गराएका छन् । 

Leave a review

This will close in 0 seconds