चार हजार पाँच सय गोटा प्रतिबन्धित लागू औषध एम्पुल प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
542 पाठक संख्या

कलैया । बारा प्रहरीले चार हजार पाँच सय गोटा नियन्त्रित लागु औषध बेवारिसे अवस्थामा बरामद गरेको छ।

बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं. ०४ हर्नैया चौक स्थितमा दुईवटा आँपको क्यारेट बेवारिसे अबस्थामा इलाका प्रहरी कारयालय महेन्द्रजयनगरबाट प्रहरी नायब निरीक्षक रबिन्द्र साह तुरहाको कमाण्डमा खटिएको प्रहरी टोलीले सो बरामद गरेको हो।

प्रहरी टोलीले सोही स्थानमा पुगी आँपको क्यारेट बरामद गरी कार्यालयमा ल्याई खोली हेर्दा उक्त आँपको क्यारेट मुनि सो एम्पुल बरामद गरेको हो।

प्रतिबन्धित लागू औषध एम्पुल ४ हजार ५ सय गोटा बरामद गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीले नोर्फिन १५०० पिस,फेनारगन १५०० पिस र डाईजोपाम १५०० पिस बरामद भएको हो।

Leave a review

This will close in 0 seconds