सप्तरीमा बेपत्ता महिलाको शव फेला

संदिप प्रसाद यादव
190 पाठक संख्या

सप्तरी । एकहप्ता अगाडि बेपता भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलाकी ३६ वर्षीया अनितादेवी रायको आज शव गाडिएको अवस्थामा फेला परेको छ ।

सप्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार गत सातादेखि बेपत्ता भएकी रायको शव सोही गाउँपालिका–५ स्थित कोशी नदी किनारमा सडेको अवस्थामा फेला परेको हो । मृतकको शव हातखुट्टा र घाँटीमा डोरीले ढुङ्गा बाँधेर पानीमा डुबाएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो ।

यही वैशाख २४ गते राति छिमेकीको छोराको विवाहमा घरका अधिकांश सदस्य जन्ती गएको मौका छोपी अनिता देवीलाई पाँच÷छ जनाको समूहले घरबाटै जबर्जस्ती अपहरण गरी लगेको स्थानीयवासीको भनाइ छ । परिवारका सदस्यहरुले तत्काल प्रहरीलाई जानकारी गराएका थिए । खोजतलासका क्रममा उनको शव क्षत्विक्षत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a review

This will close in 0 seconds