भारतबाट ल्याइएको पाँच हजार वटा भारतीय कुखुराको चल्ला पर्सा प्रहरीले खाल्टोमा पुरी नष्ट गरेको छ ।
भारतबाट तस्करी गरी ल्याएका प्रतिबन्धित चल्ला प्रहरीले बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले सो चल्ला बरामद गरेको हो ।
पर्साको विन्दवासिनी गाउँपालिका–४ अमरपट्टी स्थित सडकखण्डबाट उक्त कुखुराको चल्ला नियन्त्रणमा लिएको थियो ।
पशु क्वारेन्टाइन सिर्सिया र इलाका प्रहरी कार्यालय पोखरियाको संयुक्त टोलीले ५० कार्टुनमा रहेको पाँच हजार चल्लालाई खाली जग्गामा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

