कलैया : नेपाल शिक्षक संघ बाराले अविलम्ब शिक्षा ऐन जारी गर्न माग गर्दै ज्ञापनपत्र तथा ध्यानाकर्षण पत्र दिएको छ।
बाराको विपि स्मृति भवनमा मंगलवार भएको नेपाली कांग्रेस भेटघाट कार्यक्रममा संघ बाराका अध्यक्ष राजकिशोर सहनीको नेतृत्वमा रहेको टोलिले सो ज्ञापनपत्र बुझाएको संघका जिल्ला सचिव सुकदेव यादवले जानकारी दिएका हुन्। संघले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई ज्ञापनपत्र बुझाएको हो।
नेपाल शिक्षक संघले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु-याएको योगदान र हाल सम्म प्रजातन्त्र, लोकतन्त्रका पक्षमा वकालत गर्दै आएको कुरा अवगत नै रहेको ज्ञापनपत्रमा लेखिएको छ। वर्तमान परिस्थितिमा देशको सार्वजनिक शिक्षा कस्तो, कुन कहाँ छ हासो सामु लुकेको छैन। वर्तमान अवस्थामा ५२ वर्ष पछि संघीय शिक्षा ऐन निर्माण भइरहेको अवस्था छ।
यसमा नेपाली कांग्रेस पार्टीले खेलेको भूमिका नेपाल शिक्षक संघ वाराले उच्च मुल्याकन गरेको छ ज्ञापनपत्रमा लेखिएको छ। सार्वजनिक शिक्षा सुदृढ नभइ विकास पूर्वधारका अन्य सूचकांकहरु माथी उठन सक्दैन । त्यस कारण राज्यले सार्वजनिक शिक्षामा लगानी बढाउन ज्ञापनपत्र मार्फत माग गरिएको छ।
पछिल्लो समय नेपाल शिक्षक महासंघले गरेको ८९ दिनको चरणवद्ध आन्दोलन र २९ दिनको सडक आन्दोलनमा सिंगो नेपाली कांग्रेस पार्टी र नेपाली काग्रेसका उप सभापति पूर्णबहादुर खडका र महामन्त्री द्वय गगनकुमार थापा, विश्व प्रकास शर्मा लगायत नेपाली कांग्रेसका नेताहरुले खेलेको भूमिका प्रति ध्यानाकर्षण पत्रमा धन्यवद ज्ञापन गरिएको छ।
अग्रगामी संघीय शिक्षा ऐनमा विधालय मैत्री, विधार्थी मैत्री अभिभावक मैत्री जारी नहुन्जेल सम्म यहाहरुको अहम भूमिका सहयोग र योगदानको अपेक्षा गरेका छौं ज्ञापनपत्रमा भनिएको छ। अविलम्व शिक्षा ऐन जारी गराउनको लागि यो ध्यानाकर्षण पत्र मार्फत संघ बाराले अपिल गरेको छ।

