कोल्हवी नगरपालिकामा आज शोक विदा

साझेदारी दैनिक
555 पाठक संख्या

कोल्हवी : धिरेन्द्र पनुहर/ बाराको कोल्हवी नगरपालिकाले आज चैत ३ गते आइतवार शोक बिदा दिएको छ ।

नगर प्रमुख राम प्रसाद चौधरीले एक शोक वक्तव्य जारी गर्दै नगरपालिकाका हलुका सवारी चालक घनश्याम पनुहरको शुक्रवार मोटरसाइकल दुर्घटनामा परि असामहिक निधनमा नगरपालिका परिवारलाई स्तब्ध बनाएको शोक वक्तव्यमा भनिएको हो ।

यस दुखको घडीमा मृत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना समेत वक्तव्यमा भनिएको छ ।

नगर प्रमुख राम प्रसाद चौधरीद्वारा जारी शोक वक्तव्यमा आज आइतवार स्वास्थ्य सस्था र बिद्यालयहरु बाहेक नगरपालिका मातहतका सम्पुर्ण वडा कार्यालयहरुमा शोक विदा दिईएको उल्लेख छ ।

स्वर्गीय घनश्याम पनुहर कोल्हबी नगरपालिका वाड न १ बभनी पनुहर टोल निवासी लेखराज पनुहरको जेठो सुपुत्र हुनु हुन्थ्यो । उहाको निधनले सम्पूर्ण बभनी गाउ नै शोकमा दुबेको स्थानीय समाज सेवी हरिचन्द्र पनुहरले जानकारी दिनु भयो ।

उहाको पार्थिवमा शरिरमा अन्तिम श्रदान्जली दिन कोल्हबी नगरपालिका नगर प्रमुख रामप्रसाद चौधरी,वाड न १ का वडा अध्यक्ष राजहरण चौधरी,२ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारी,३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,४ का वडा अध्यक्ष बिष्णु नैनाली,योजना शाखा प्रमुख देवनारायण चौधरी,स्वास्थ शाखा प्रनुख मनोज चौधरी,नगरपालिकामा कार्यरत कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

हिन्दू परम्परा अनुसार स्थानीय खोलामा शनिबार स्वर्गीय घनश्याम पनुहरको अन्तेष्टि गरिएको हो ।

Leave a review

This will close in 0 seconds