रौतहटका पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत भेटिए

साझेदारी दैनिक
369 पाठक संख्या

रौतहट : रौतहटका एकजना पत्रकार झुण्डिएको अवस्थामा मृत भेटिएका छन ।

जिल्लाको कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएको अवस्थाम मृत भेटिएका हुन् ।

झुण्डिएको अवस्थामा देखेपछि आफन्तहरुले पासो काटेर उनलाई अस्पताल लगेको थियो। तर अस्पतालले पुराएका थिए तर उनलाई मृत घोषणा गरेको बताईएको छ ।

उनी गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । प्रजापति रेडियोमा समाचार पढ्थे, समाचार लेख्थे काम गर्ने गर्दथे । केहीमहिना पहिला उनलाई कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालले समाचारकै विषयमा धाकधम्की दिएका थिए । मेयर जयसवालले पटक पटक धम्की दिईरहेको बुझिएको छ ।

खानेपानी समस्या सम्बन्धी समाचार लेखेका कारण उनलाई केहीदिन अगाडि मेयर जयसवालले धाकधम्की दिँदै गालीगलौज गरेको बुझिएको छ । मेयर जयसवालले दिएको धाकधम्कीका कारण पत्रकार प्रजापति तनावमा थिए उनकै कारण डरले आत्महत्या सम्म गर्न पुगेको हुनसक्ने धेरैले आशंका गरेका छन ।

Leave a review

This will close in 0 seconds